भाद्र ७, २०८३ आइतबार August 23, 2026

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट समातिए लागुऔषध कारोबारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ भदौः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका–६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–७ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित ३१ वर्षीय विवेक राई तथा झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट सोही प्रकृतिको पदार्थ एक सय ३० मिलिग्रामसहित ३० वर्षीय विवेक लिम्बू पक्राउ परेका छन् । झापा गाउँपालिका–४ चर्तागाछीबाट भने पाँच ग्राम दुई सय १० मिलिग्रामसहित १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

यसैगरी, बिर्तामोड नगरपालिका–३ पुरानो भद्रपुर रोडबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम तीन सय ८० मिलिग्रामसहित २३ वर्षीय अर्जुन राजवंशी तथा झापा गाउँपालिका–४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्रामसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन् ।

धनुषाको शहीदनगर नगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम पाँच सय ८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भन्ने रामबालक पासवान पक्राउ परेका छन् ।

पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट गाँजा जस्तो देखिने पदार्थ करिब पाँच सय ग्रामसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम आठ सय ४० मिलिग्रामसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन् ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो एक सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका–२ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्रामसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न बागमती काँग्रेसको ह्विप
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
२०८३ भाद्र ७, आइतबार
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ
२०८३ भाद्र ७, आइतबार
खोलामा डुबेर एक व्यक्तिको मृत्यु
२०८३ भाद्र ७, आइतबार