भाद्र ७, २०८३ आइतबार August 23, 2026

खोलामा डुबेर एक व्यक्तिको मृत्यु

६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्युु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), ७ भदौः खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा बेपत्ता भएको भनी स्थानीयबाट सूचना प्राप्त भएपछि खोजीका लागि सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले ब्रह्मदेवको शव फेला पारेको हो ।

खोजी गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीले खोलामा डुबेको अवस्थामा फेला पारेको शवको मुचुल्का उठाई परीक्षणका लागि नारायणी अस्पतालतर्फ पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न बागमती काँग्रेसको ह्विप
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
२०८३ भाद्र ७, आइतबार
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ
२०८३ भाद्र ७, आइतबार
खोलामा डुबेर एक व्यक्तिको मृत्यु
२०८३ भाद्र ७, आइतबार