भाद्र ६, २०८३ शनिबार August 22, 2026

पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

बेनी-जोमसोम-कोरला आयोजना कार्यलयको पहलमा एकतर्फी रूपमा आवागमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ, ६ भदौः शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोमअन्तर्गत म्याग्दी-सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ ।

वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला आयोजना कार्यलयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी-जोमसोम सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।

विभिन्न सञ्चारमाध्यममा अझै पनि उक्त सडक अवरुद्ध भन्ने समाचार आइरहेकाले भ्रामक सामग्रीको विश्वास गर्न यात्रुहरूलाई आग्रह गर्नुभयो । करिब दुई घण्टा अघि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जनाउँदै शर्माले अहिले आवागमनमा कुनै समस्या नभएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार