भाद्र ६, २०८३ शनिबार August 22, 2026

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु

रास्वपाको दुईदिने कार्यशाला सुरु, नीति र नेतृत्वदेखि संगठन सुदृढीकरणसम्म छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरूको क्षमता अभिवृद्धि तथा पार्टीको संगठन सुदृढीकरणका लागि आयोजना गरेको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ कार्यशाला काठमाडौंमा सुरु गरेको छ।

‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यक्रममा पार्टीको नीति, संगठन विस्तार, नेतृत्व विकास तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।

कार्यशालाको पहिलो दिन अनिल चित्रकारले ‘नेपालको चित्र, हामी कहाँ छौँ ?’ विषयमा मुलुकको वर्तमान अवस्था प्रस्तुत गर्नेछन्। उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे धारणा राख्ने कार्यक्रम छ।

त्यस्तै, महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा प्रस्तुत गर्नेछन्। पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रियाबारे र उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या तथा समाधानका उपायबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।

कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यको भूमिकाबारे प्रस्तुति दिनेछन्। संगठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडिया : कसरी प्रयोग गर्ने ?’ विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

niti-m-sf-1787377803.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार