असार २३, २०८२ सोमबार July 7, 2025

चितुवाको छालासहित घर्ती पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितुवाको छालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ५ धर्नाका ५० वर्षीय इन्द्रबहादुर घर्तीलाई प्रहरीले शनिबार राति चितुवाको छालासहित पक्राउ गरेको हो ।

चितुवाको छालाको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले घर्तीको घरमा तलासी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार उनको घरबाट प्लाष्टिकको बोरामा लुकाइ राखेको चितुवाको टाउकोदेखि पुच्छरसम्मको ७ फिट ८ इन्चको छाला फेला पारिएको हो ।

घर्तीलाई प्रारम्भिक अनुसन्धान गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत थप कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको खड्काले जनाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया