काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवा बाढी प्रभावितको उद्धार तथा राहत वितरणमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले शुक्रबारदेखि आइतबारसम्म आवश्यक बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।
बाढी प्रभावितलाई राहत उपलब्ध गराउने तथा उद्धारसम्बन्धी काममा आवश्यक वित्तीय कारोबार नरोकियोस् भन्ने उद्देश्यले बिदामा समेत सेवा सञ्चालनको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा रहने सेवा र शाखाबारे सर्वसाधारणलाई जानकारी गराउनुपर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया