असार २६, २०८२ बिहिबार July 10, 2025

खाद्य संस्थानले प्रतिकिलो ५ सय ६० रुपैयाँमा खसीबोका बेच्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्री वितरण गर्ने भएको छ ।

यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठमाडौं आइपुगेका खसी–बोकाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ ।

तोकिएको मूल्यमा १० रुपैयाँ घटाएर प्रतिकिलो ५ सय ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा दाङबाट २ सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौं ल्याइएको छ ।

यस वर्ष कम्पनीले २ जिल्लाबाट १ हजार खसीबोका ल्याउने तयारी गरेको छ । मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया