भाद्र १६, २०८३ मंगलबार September 1, 2026

नेप्से परिसुचक सामान्य अंकले बढ्यो, कारोबार रकम २ अर्ब ९० करोडमा सीमित

कारोबारको आधारमा भने आज सोलु हाइड्रोपावर अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ६ कारोबार दिनपछि मंगलबार सेयर बाजरमा हरियाली छाएको छ । यो दिन नेप्से सूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा आइपुगेको हो ।

कारोबार सुरु हुँदा घटेको बजारले त्यसपछि क्रमश घट्न रोकिँदै अन्तिम समयमा ९ अंकले बढेको हो ।

यो दिन लगानीकर्ताले कुल २ अर्ब ९० करोडको कारोबार गरेका छन् । सूचक सुधारिए पनि कारोबार भने सुधारिएको देखिँदैन ।

पछिल्लो ६ कारोबार दिनमा लगानीकर्ताले औसतमा ३ अर्बमाथिको कारोबार गर्दै आए पनि मंगलबार २ अर्ब ९० करोडको मात्रै कारोबार गरेका हुन् ।

हरियाली बनेको बजारमा ८४ कम्पनीको सेयरमूल्य घट्दा १८१ कम्पनीको सेयर मूल्य बढेको छ ।

बढ्नेमा माथिल्लो मैलुङ खोला जलविद्युत् अगाडि छ । उक्त कम्पनीको मूल्यमा ७.१५ प्रतिशतको वृद्धि देखिएको हो । यस्तै घट्नेमा उपकार लघुवित्त वित्तीय संस्था अगाडि छ । यो कम्पनीको मूल्यमा ८.४८ प्रतिशतको गिरावट देखिएको हो ।

कारोबारको आधारमा भने आज सोलु हाइड्रोपावर अगाडि छ । लगानीकर्ताले यो कम्पनीको १३ करोडको कारोबार गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
२०८३ भाद्र १६, मंगलबार
बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
२०८३ भाद्र १६, मंगलबार
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति
२०८३ भाद्र १६, मंगलबार
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १६, मंगलबार
विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा
२०८३ भाद्र १६, मंगलबार
त्रिविसहित ६ वटै विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
२०८३ भाद्र १६, मंगलबार