असार २३, २०८२ सोमबार July 7, 2025

सरस्वती माध्यामिक विद्यालयमा दुई लाखको अक्षयकोष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ ।

अमेरिकामा रहनु भएकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठका तर्फबाट संयुक्तरूपमा रू एक लाख एक हजार एकसयकोे ‘पदमबहादुर श्रेष्ठ स्मृति टुहुरो जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ र नाति अभिनव श्रेष्ठका तर्फबाट रू एक लाख एक हजार एकसयकोे ‘गरिब तथा जेहेन्दार दलित छात्रवृत्ति कोष’ स्थापना गरिएको हो ।

विद्यालयमा आज आयोजित कार्यक्रमा परिवारका तर्फबाट उपलब्ध गराइएको सो रकमबाट ती कोष स्थापना गरिएको विद्यालयका प्रधानध्यापक रामचन्द्र पौड्यालले जानकारी दिए । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यार्थीहरू छनोट गरी जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने उनले बताए ।

नेपाली सेनाका जमदारबाट अबकास समाजसेवी श्रेष्ठको ८२ वर्षको उमेरमा गत असोज १५ गते उपचारका क्रममा काठमाडौ छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा निधन भएको थियो ।

उनले बोर्लाङको शिक्षा क्षेत्रको बिकासका लागि महत्वपूर्ण योगदान दिनुभएको वडाध्यक्ष श्रेष्ठले बताए । गाउँमै स्कुल खोल्नुपर्छ भनी स्थानीय नागरिकलाई जागरुक गराउने अभियानमा जुटनुभएका स्व श्रेष्ठले २०१६ सालमा विद्यालय स्थापनाका लागि जग्गा दान पनि दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया