असार २६, २०८२ बिहिबार July 10, 2025

दुई कम्पनीको शेयर कारोबार फुकुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २४ बमोजिम बुझाउनु पर्ने वार्षिक शुल्क नबुझाएका कारण यी दुई कम्पनीसहित २५ कम्पनीको शेयर कारोबार नेप्सेले कात्तिक २ गते रोक्का गरेको थियो।

नविकरण शुल्क बुझाएपश्चात यी दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो।-मेरोलगानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया