कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

नुवाकोटका १,८०० भन्दा बढी उद्योग-व्यवसाय बाढीबाट ध्वस्त, पुनरुत्थानका लागि सरकारसँग व्यवसायीको गुहार

ब्याज मिनाहा गरी ऋण नविकरण गरिदिन बाढी पीडित उद्योगी–व्यवसायीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पु¥याएको छ ।

बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजर आठ सय भन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रुपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरुले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग समेत गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलमा बाढी पीडित व्यवसायीहरुले पुनः व्यवसाय सञ्चालनको वातारण तत्काल निर्माण गर्न माग गर्नुभएको हो । उनीहरुले बाढीले क्षति पु¥याएका सबैजसो उद्योग तथा व्यवसायहरु बैंकमार्फत ऋण लिएर लगानी गरेको कारण थप समस्यामा परेको दुखेसो पोखेका छन् । एक बाढीपीडित व्यवसायीले सरकारले बाढीपीडित व्यवसायीहरुले लिएको ऋणको नवीकरण तथा ऋण मिनाहा गरिदिनुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण नुवाकोटका साना ठूला गरी एक हजार आठ सय उद्योग तथा व्यवसायमा क्षति पु¥याएको छ । केही उद्योगीहरु त शुन्यमै पुगेको अवस्था छ । क्रसर, टिप्परहरु सबै बगायो । खोलाछेउमा भएका सबै प्रकारका उद्योग तथा व्यवसाय बगाएको छ । उहाँहरुको सबै व्यवसाय नै बैंकहरुमार्फत ऋणमा लगानी गरेको थियो । त्यसकारण सरकारले त्यो ऋणको ब्याज मिनाहा गरिदिनुप¥यो । जसले उद्योग तथा व्यवसायको बिमा गर्नुभएको छ। उहाँहरुसँग कागज समेत बाँकी रहेको छैन । त्यो दाबी गरिएको रकम भुक्तानि गरिदियो भने फेरी सर्भाइभ हुनसक्छौँ भन्ने माग पनि आइरहेको छ । अहिले सबै उद्योगी व्यवसायीहरु हामी कहाँ आइरहेका छन् । हामी निजी क्षेत्र भएको कारण हाम्रो कुरा सरकारले नसुनिदिने हो कि भन्ने डर पनि छ । त्यसकारण महासंघमार्फ यो माग सरकारसमक्ष पु¥याइदिनुहोला ।’

अर्का बाढीपीडित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्नुपर्ने तथा बीमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल भुक्तानी गरिदिन पहल गर्नको लागि अध्यक्ष ढकाललाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब कम्तिमा पनि हामी व्यवसायीले बैंकमार्फत लिएको ऋण कम्तिमा पनि ३ वर्षको लागि नवीकरण गरिदिनुप¥यो । इन्स्योरेन्समार्फत पनि बिना झमेला सहयताको प्रबन्ध मिलाईदिनुप¥यो । यो मागहरु हजुरहरुले राष्ट्र बैंकको गुनासो शाखामा पनि भनिदिनुप¥यो । यदि यो संकटको समयमा सरकार र बैंकहरुले सहयोग गर्नुभयो भने हामी फेरि उठ्छौँ । हामीले निजी क्षेत्रको छुट्टै कोष बनाएर बाढीपीडित व्यवसायीको सहायताको लागि मिलेर अगाडि बढ्नुपर्छ जस्तो लागेको छ ।’
त्यसैगरी अर्का व्यवसायीले निजी क्षेत्रका व्यवसायीको समस्या सरकारसम्म पु¥याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गर्न आग्रह गर्नुभयो । उहाँले लामो समय विदेशमा काम गरे कमाएको सबै सम्पती व्यवसायमा लगाएको उल्लेख गर्दै बाढीपछि आफूसँग व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताउनु भयो । उहाँले बाढीपीडितका लागि सरकारले बनाउने दीर्घकालीन नीतिसँगै तत्काल पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लामो समयसम्म विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भने सानो व्यवसाय शुरु गरेको थिएँ । व्यवसाय विस्तारै उठ्दै थियो । यही समयमा बाढी आइदियो । राज्यले हामी व्यवसायीको लागि दीर्घकालीन रुपमा कस्तो नीति बनाउँछ त्यो त हेर्दै गरौँला । तर तत्काल हामीसँग केही पनि छैन । ठूलो मर्कामा परेका छौँ । अब हामीसँग त खेत, जमिन पनि रहेन । गर्दै आएको व्यवसाय गर्ने हो । यसको लागि राज्यको सहयोग चाहिन्छ ।’

बाढी पीडित उद्योगी व्यवसायीहरुसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकालले बाढीबाट प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दल, सरकार तथा निजी क्षेत्र सबै मिलेर बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतको समस्या समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले बाढी प्रभावित उद्योगी व्यवसायीहरुको साथमा महासंघ रहेको उल्लेख गर्दै पुनरुत्थानका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष ढकालले बाढीपीडित उद्योगी व्यवसायीको ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार