असार २६, २०८२ बिहिबार July 10, 2025

दशैंमा पाँचै दिन बैंकका शाखा बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जनाएको छ ।

बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।

नेपाल बैंकर्स संघले जारी गरेको सूचना हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया