काठमाण्डाैंः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डौंमा हुने महासंघको ५४औं वार्षिक साधारण सभा तथा निर्वाचन हुँदैछ।
आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालको नेतृत्वमा उनको प्यानलका तीनै जना उपाध्यक्षले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकू पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
कोभिड–१९को कारण महासंघको निर्वाचन सर्दै आएको छ। साधारण सभा पछि महासंघका अहिलेका वरिष्ठ उपाध्यक्ष शेरख गोल्छा स्वतः अध्यक्ष हुनेछन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुने पदाधिकारी अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
महासंघक निर्वाचनमा अर्का उपाध्यक्ष किशोर प्रधानले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया