असार २६, २०८२ बिहिबार July 10, 2025

ई पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले ई-पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई दिएको छ ।

राहदानी विभागले पटकपटक टेन्डर आह्वान गर्दै आएकोमा बुधवार सबैभन्दा सस्तोमा कबुल गर्ने फ्रान्सेली कम्पनी आईडीईएमआईए आइडेन्टिटी एन्ड सेक्युरिटी ‘एसएएस’लाई प्रतिस्पर्धाका माध्यमबाट जिम्मा दिन सम्झौताका लागि आशयपत्र पठाएको हो ।

विभागका अनुसार आशयपत्र पठाएसँगै सम्झौताका लागि फ्रान्सको कम्पनी विभागसँग सम्पर्कमा आउनुपर्नेछ । अहिले विभागसँग साढे ४ लाखको हाराहारीमा पासपार्ट मौज्दात छ । फ्रान्सको उक्त कम्पनीले १३ महीनामा २ करोड ११ लाख डलरमा २० लाख थान ईपासपोर्ट छपाइ गर्न सक्नेगरी ठेक्का प्रक्रियामा कबुल गरेको विभागको भनाइ छ ।

विभागका निर्देशक पुप्पराज भट्टराईका अनुसार फ्रान्सेली कम्पनीले ९ महीनामा आधा काम सकिसक्नुपर्ने छ र त्यसपछि थप अर्को चरणमा आधा काम गरी सबै काम दुई चरणमा सक्नेगरी सम्झौता हुन लागेको बताए । उनका अनुसार समयमै कम्पनीले कबुलअनुसारको काम नगरे सम्झौता रद्द हुनेछ ।

विभागले ईपासपोर्ट छपाइका लागि पहिलोपटक २०७६ भदौ १० गते ठेक्का आह्वान गरेको थियो । ५ वर्षमा ५० लाख ईपासपोर्ट आह्वान गरेको ठेक्का कात्तिक २१ गते बोलपत्र बुझाउने अन्तिम दिनमा रद्द गरिएको थियो । पहिलोपटक आह्वान गरिएको ठेक्कामा विभिन्न देशका १५ ओटा कम्पनीले प्रस्ताव बुझाएका थिए । अभियन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया