असोज ९, २०८३ शुक्रबार September 25, 2026

राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा भने राजस्व संकलनमा सुधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को असोज ७ गतेसम्मको अवधिमा कुल २ खर्ब २ अर्ब ७२ करोड राजस्व संकलन भएको छ।

राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यो संकलन चालु आवको असोज महिनासम्मका लागि तय गरिएको लक्ष्यको ६१.३९ प्रतिशत मात्रै हो।

सरकारले चालु आवका लागि कुल १५ खर्ब ८० अर्ब ३२ करोड राजस्व संकलनको वार्षिक लक्ष्य राखेकोमा असोज महिनासम्मका लागि ३ खर्ब ३० अर्ब २२ करोड संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

लक्ष्यको तुलनामा संकलन दर सुस्त देखिए पनि गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा भने राजस्व संकलनमा सुधार आएको छ।

गत आवको असोज ७ गतेसम्म १ खर्ब ७५ अर्ब ६३ करोड राजस्व संकलन भएकोमा यस वर्ष सोही अवधिमा १५.४ प्रतिशतले वृद्धि भएको छ। विवरण अनुसार असोज महिना लागेपछि मात्रै कुल १८ अर्ब १४ करोड राजस्व उठिसकेको छ भने असोज ७ गते एकै दिनमा मात्र ४ अर्ब ३४ करोड राजस्व संकलन भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार