असोज १३, २०८३ मंगलबार September 29, 2026

नेप्से परिसूचक नौ अङ्कले घट्यो

आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ असोजः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर रु चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ मूल्यमा खरिद बिक्री भएको छ । आज निर्जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ उपसमूहको मूल्य घटेको हो ।

आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर छ । नेप्सेका अनुसार आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर, नेपाल एसबिआई डिबेञ्चरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार