काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । उहाँले भोलि मध्यरातिदेखि लागू हुनेगरी दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०६–१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया