असार २६, २०८२ बिहिबार July 10, 2025

काठमाण्डौं महानगरले १५ हजार ७० खसी बोकामा हरियो रङ्ग लगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: काठमाण्डौं महानगरले कार्तिक ७ गतेसम्म काठमाण्डौंका बजारमा ल्याइएकामध्ये १५ हजार ७० वटा खसी बोका भेडा च्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाइएको छ ।

यसरी हरियो रङ्ग लगाइएका चौपाया स्वस्थ्य र निरोगी तथा मासु खानका लागि योग्य हुन् । यो कार्तिक १ गतेदेखि ७ गतेसम्मको अवधिमा रङ्ग लगाइएका चौपायाको संख्या हो । पशु विकास अधिकृत डम्मरबहादुर बम भन्छन्– ‘हामीले कलंकी र टुकुचाका ठूला तथा नियमित बजार, खाद्य व्यापार कम्पनी र बालाजु बाइपासका मौसमी बजार तथा सामाखुशी टाउन प्लानिङ्मा व्यापारीले ल्याएको असंगठित बजारमा भएका चौपायाको स्वास्थ्य अवस्था हेरेका हौं ।’

यीमध्ये कलंकीमा ३ वटा खसी र सामाखुशी टाउन प्लानिङ्मा १ वटा च्याङग्रा विरामी थिए । ती विरामी चौपायालाई निरोगीबाट अलग राखेर व्यापारीमार्फत उपचार गराएको थियो । तिनको उपचारका लागि हामीले नै औषधि प्रेस्क्राइव गरेका थियौं ।

बमकाअनुसार चौपायाको स्वास्थ्य परीक्षणका लागि संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग र बागमती प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले पनि काम गरिरहेको छ । उनले भने, ‘उनीहरुले कति चौपायाको स्वास्थ्य परीक्षण गर्नुभयो, त्यसको तथ्याङ्क एकीकृत गर्न बाँकी छ ।’

काठमाडौँ चौपाया खरिद बिक्री प्रालीका व्यवस्थापक जीवनराज खतिवडा भन्छन्– ‘कलंकीबाट हिजोसम्ममा करीब १७ हजार चौपाया बिक्री भएका छन् । आजसम्ममा करीब २० हजार पुग्छन् होला ।’

उनकाअनुसार यस बर्ष बजारमा करीब ११ सय वटा मात्र च्याङ्ग्रा ल्याइए । यता टुकुचाका अध्यक्ष सन्तोष खत्री भन्छन्– ‘खसी बोका कम छन् । यहाँबाट आजसम्ममा ६ हजारको कारोबार भएको छ ।’

बजारमा महानगरको टोलीले चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आएरनआएको, नाकबाट सिँगान बगेरनबगेको, झोक्राएकोरनझोक्राएको, पातलो दिशा भएरनभएको, चोटपटक भएरनभएको जस्ता सामान्य स्वास्थ्य अवस्थाका हेर्ने गरेको छ । यस बर्ष बिभिन्न जिल्लाबाट ल्याइएका चौपायामा महामारीको अवस्था हेर्न नमूना रगत संकलन गरिएको छ ।

पशु सेवा महाशाखाका प्रमुख डा। अवधेश झाका अनुसार, स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि यस बर्षदलेखि पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालिएको हो । यसरी संकलन गरिएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआर लगायत रोग परीक्षण भइरहेको छ ।

डा झाकाअनुसार महानगरले पर्व विदाका समयमा पनि बजार र असंगठित चौपाया बजारको नियमित निगरानी गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया