असोज २०, २०८३ मंगलबार October 6, 2026

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अरूसा (तान्जानिया), २०८३ असोज १९ गते । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहनुभएका प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले अष्ट्रेलियाली संसद्का समकक्षीसँग शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान र साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताउनुभयो।

उहाँले भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीपछि अष्ट्रेलिया सरकारले पुर्‍याएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियन नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गर्नुभयो।

सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुकहरू गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया