असोज २१, २०८३ बुधबार October 7, 2026

आज बुधबार : कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल

कन्यालाई आज शिक्षा क्षेत्रको लगानीमा केही ढिलासुस्ती हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष

आजको दिन शुभ रहनेछ। रोकिएका तथा सोचेका कामहरू बन्नेछन्। शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ भने स्वास्थ्यमा क्रमिक सुधार आउनेछ। सानातिना कुरामा विवाद नगरी अघि बढ्नु उत्तम हुनेछ। पारिवारिक सहयोग र रेखदेख राम्रो मिल्नेछ।

वृष

शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। बोल्दा शब्द चयनमा ध्यान दिनुहोला, अन्यथा अनावश्यक विवाद हुन सक्छ। राजनीतिक संगठन वा गतिविधिबाट भयको जोखिम रहेकाले दैनिकी र व्यवहारमा विशेष सतर्कता अपनाउनुहोला।

मिथुन

दिन लाभदायक छ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटको अवसर मिल्नेछ। मनमा चलिरहेको अन्योल र खटपटी शान्त हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने नयाँ काम वा योजनाको थालनी गर्नका लागि आजको दिन अनुकूल छ।

कर्कट

आजको दिन आर्थिक रूपमा सकारात्मक रहनेछ। नयाँ आयआर्जनको स्रोत बन्नुका साथै अध्ययन-अध्यापनमा मन जानेछ। राज्यको तर्फबाट सेवा वा जिम्मेवारी प्राप्त हुने योग छ। यद्यपि, स्वास्थ्यमा भने केही समस्या देखिन सक्ने भएकाले ख्याल गर्नुहोला।

सिंह

यात्रा र घुमफिरको योजना बन्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। शिक्षामा सफलता र स्वास्थ्यमा सुधार आउनेछ। प्रेम सम्बन्ध अझ कसिलो हुनेछ भने आफ्नो श्रम र मिहिनेतको उचित मूल्यांकन तथा प्रतिफल प्राप्त हुनेछ।

कन्या

दिन सामान्य रहनेछ। प्रतिस्पर्धी वा शत्रु सक्रिय हुन सक्छन्। शिक्षा क्षेत्रको लगानीमा केही ढिलासुस्ती हुनेछ। जग्गाजमिन सम्बन्धी कारोबारमा घाटा हुने जोखिम भएकाले धैर्यताका साथ निर्णय लिनुहोला। व्यापार-व्यवसायमा सुस्तता आउन सक्छ।

तुला

मान-सम्मान र प्रतिष्ठा वृद्धि हुने दिन छ। लामो समयदेखि हराएको वा खोजीमा रहेको महत्त्वपूर्ण वस्तु फेला पर्न सक्छ। सामाजिक सेवाको अवसर मिल्नेछ। आफन्त भन्दा अपरिचित व्यक्तिहरूबाट बढी सहयोग र प्रशंसा प्राप्त हुनेछ।

वृश्चिक

साथीभाइको राम्रो साथ-सहयोग मिल्नाले आत्मबल र इज्जत बढ्नेछ। तर स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्ने जोखिम छ। बिहान उठेर पिपलको दर्शन गरी दिनको सुरुवात गरेमा दैनिक कार्य सहज हुनेछ।

धनु

अनावश्यक आरोप-प्रत्यारोपबाट मुक्ति मिल्नेछ। साथीभाइसँगको सहकार्यमा काम गर्दा सफलता पाइनेछ। कृषि, पशुपालन तथा फलफूलको व्यापारमा लगानी गर्नेहरूका लागि आज विशेष लाभ हुने योग छ।

मकर

आर्थिक दृष्टिले खर्च बढ्ने दिन छ। आफूले गल्ती नगरे पनि अकारण गम्भीर आरोप लाग्न सक्ने जोखिम छ। पारिवारिक अविश्वास वा शंकाको वातावरण बन्न सक्ने भएकाले बोली र व्यवहारमा पूर्ण संयमता अपनाउनुहोला।

कुम्भ

पुराना स्वास्थ्य समस्या र रोगबाट मुक्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज एकल निर्णय भन्दा संयुक्त लगानी, साझेदार र सहकार्यमा गरिएका कामहरूबाट बढी फाइदा हुनेछ।

मीन

आलोचक र कुरा काट्नेहरूको संख्या बढ्न सक्छ। साथीभाइबाट सोचेजस्तो सहयोग नमिल्न सक्ने भएकाले सतर्क रहनुहोला। यद्यपि, शिक्षाको क्षेत्रमा प्रगति हुनेछ र तपाईंको कडा मिहिनेतको उचित फल प्राप्त हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया