काठमाण्डौंः माछापुच्छ्रे बैंकले यो वर्ष शेयर धनीहरुलाई बोनस शेयर, नगद लाभांश र अन्तरिम लाभांश दिने भएको छ । उक्त कम्पनीले ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव कात्तिक ६ गते २२ औं वार्षिक साधारण सभा गरी पारित गर्ने योजना बनाएको थियो ।
कोरोना संक्रमण बढ्दै गएकाले साधारण सभा बस्थगित गरेको उक्त कम्पनीले २ दशमलव ८५ प्रतिशत अन्तरिम लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज ३० गतेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभामा अनुमोदन गराउने गरी अन्तरिम लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू.१ अर्ब २५ करोड २० लाख ४२ हजार नाफा कमाएको थियो । असोज ६ गते बिहीवार उक्त कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू.२२९ कायम भएको छ । अभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया