वीरगन्ज (पर्सा), २८ असोजः प्रहरीले फरार प्रतिवादी प्रक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–३ स्थित जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष चार महिना कैद तोकिएका फरार प्रतिवादी ३९ वर्षीय महमद साविरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा दाखिला गराएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया