असोज २९, २०८३ बिहिबार October 15, 2026

लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा

अन्तर्राष्ट्रिय लायन्स फोरमको आतिथ्य नेपालले गर्दै, राष्ट्रपति पौडेललाई निम्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालमा आगामी (१-४पौष ) डिसेम्बर १६ देखि १९, २०२६ सम्म आयोजना हुन गइरहेको लायन्स इन्टरनेशनलको ५४औँ ISAME एरिया फोरमको प्रमुख अतिथिका रूपमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिक निमन्त्रणा गरिएको छ।

लायन्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साल तथा पूर्वअन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीसहितको प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष फोरममा प्रमुख अतिथिका रूपमा उपस्थित हुन आग्रह गर्दै औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेको हो।

May be an image of dais and textISAME (India, South Asia, Middle East and Africa) क्षेत्रअन्तर्गतका लायन्स प्रतिनिधिहरूको सहभागिता रहने यस फोरमले नेपाललाई अन्तर्राष्ट्रिय लायन्स समुदायमाझ चिनाउन तथा नेपालको पर्यटन, संस्कृति र आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्नसमेत अवसर प्रदान गर्ने लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका मिसन1.5 चिफ महाप्रसाद पाण्डेले बताउनुभयो ।

लायन्स इन्टरनेशनल विश्वव्यापी रूपमा मानवीय सेवा, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था हो। यसका सदस्यहरूले समुदायको आवश्यकता पहिचान गरी सेवामूलक गतिविधिमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिँदै आएका छन्।

नेपालमा आयोजना हुन लागेको ५४औँ ISAME एरिया फोरमलाई सफल बनाउन आयोजक पक्षले आवश्यक तयारी तथा समन्वयका कार्य अघि बढाइरहेको छ। राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्नु फोरमको महत्त्व र गरिमालाई थप उचाइमा पुर्‍याउने उद्देश्यसँग जोडिएको छ।

नेपालमा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रियस्तरको फोरमले लायन्स अभियानको विस्तार, नेतृत्व विकास, मानवीय सेवा तथा विभिन्न देशका लायन्स प्रतिनिधिहरूबीच आपसी सहकार्य र अनुभव आदानप्रदानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार