मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

आइतबार दिइँदै आएको सार्वजनिक विदा खारेज

मातहतका सम्पूर्ण कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा आजैदेखि आइतबारसमेत नियमित सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा क्षेत्र रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार दिइँदै आएको साप्ताहिक बिदा खारेज गरेको छ।

शनिबार बसेको गाउँपालिकाको १२१औँ बैठकको निर्णयअनुसार गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा आजैदेखि आइतबारसमेत नियमित सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिएका छन्।

गाउँपालिकाको भौगोलिक बनावट तथा यहाँ चल्ने सवारीसाधनमा पेट्रोलियम पदार्थको खपत अन्य सहरी क्षेत्रको तुलनामा निकै कम हुने भएकाले इन्धन बचतको उद्देश्य व्यावहारिक नदेखिएको निष्कर्ष निकालिएको छ।

त्यसैगरी आइतबार स्वास्थ्य संस्था बन्द रहँदा दुर्गम भेगका बिरामी उपचार सेवाबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा समस्या आएको ठहर गर्दै बिदा खारेज गरिएको गाउँपालिकाले जनाएको छ।

यस निर्णयसँगै गाउँपालिकाका कार्यालय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र जाडो मौसममा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी
२०८३ मंग्सिर १३, आइतबार
आइतबार दिइँदै आएको सार्वजनिक विदा खारेज
२०८३ मंग्सिर १३, आइतबार
सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस
२०८३ मंग्सिर १३, आइतबार
तलब वृद्धि र सेवा–सुविधाको माग पूरा नभएपछि चितवनका निजी विद्यालय अनिश्चितकालीन बन्द
२०८३ मंग्सिर १३, आइतबार
शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई विद्यालय ल्याउने अभियान प्रशंसनीय : अध्यक्ष दाहाल
२०८३ मंग्सिर १३, आइतबार
नेपाली कांग्रेसको आधिकारिक आफूहरूले पाउने शेर बहादुर देउवाको दाबी
२०८३ मंग्सिर १३, आइतबार
‘इन्स्पेक्टर हौँ, मुद्दा नचलाई दाइलाई छुटाइदिन्छौँ’ भन्दै २ लाख माग गर्ने ५ जना पक्राउ
२०८३ मंग्सिर १३, आइतबार