मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

आलोकनगरदेखि तीनकुनेसम्मका क्षेत्रमा पाँच घण्टा बिजुली काटिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । उपत्यकाका विभिन्न क्षेत्रमा शनिबारदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले उक्त क्षेत्रका फिडरहरूबाट बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार आलोकनगर मार्ग, नापी विभाग एरिया र आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । मंसिर १३ गते शंखमूल मार्ग, एभरेष्ट हस्पिटल र मुक्ति टावर क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

यस्तै, मंसिर १४ गते अल्फाबिटा, बुद्धनगर, विजुली बजार एरिया र मंसिर १५ गते काठमाण्डौं महानगरपालिका वडा नम्बर ३१ वडा कार्यालय एरिया, तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत अवरुद्ध हुने उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द
२०८३ मंग्सिर १२, शनिबार
दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
२०८३ मंग्सिर १२, शनिबार
कर्णालीका दुर्गम बस्तीमा आँखा तथा कान उपचार सेवा पुर्याउँदै नेत्रज्योति सङ्घ
२०८३ मंग्सिर १२, शनिबार
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
२०८३ मंग्सिर १२, शनिबार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
२०८३ मंग्सिर १२, शनिबार
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने
२०८३ मंग्सिर १२, शनिबार
भियतनाममा थप ६ अपराधका लागि मृत्युदण्ड खारेज, ४४ बाट घटेर ४ मा सीमित
२०८३ मंग्सिर १२, शनिबार