असोज ३१, २०८३ शनिबार October 17, 2026

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

इनाम सापकोटासँगको कारोबार तथा कनेक्सन जोडिएपछि सीईओ भट्ट प्रहरी फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो।

नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए । इनाम सापकोटासँगको कारोबार तथा कनेक्सन जोडिएपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया