असार २६, २०८२ बिहिबार July 10, 2025

दसैंमा बन्द भएको धितोपत्रको दोस्रो बजार भोलीदेखि पुनः नियमित रुपमा खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बडादसैंको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित रुपमा खुल्ने भएको छ ।

धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म संचालन भएको थियो । बडादसैंको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन  नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।बिहीवारको कारोबार दिनमा १८७ ओटा कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर ३०हजार ३२८ पटकमा रू. १ अर्ब ९९करोड ४५ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।

पछिल्लो समय वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेसँगै शेयर बजारको कारोबार बढ्दै गएको छ । लामो समयपछि नेप्सेले पुनः १ हजार ६०० को मनोबैज्ञानिक विन्दु पार गरेको छ ।

यति बेला बैंकहरुले ब्याजदर घटाउँदै गएको र निक्षेपमा पनि ब्याजदर न्यून पाइने भएकाले पनि शेयर बजारम आकर्षण बढेको एक लगानीकर्ताले आर्थिक अभियानलाई बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया