असार २३, २०८२ सोमबार July 7, 2025

१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी मंसिर ९ गतेद्येखि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरसबाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ/संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ ।

यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो । निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर कायम गर्नुपर्दछ । एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन ।

कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो ।

बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने बोर्डले जनाएको छ । कोरोना संक्रमित विद्यार्थीले परीक्षण रिपोर्ट नेगेटिभ आएपछि परीक्षाको छुट्टै व्यवस्था गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया