कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

प्रशारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरुमा पनि पहिरोका कारण असर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी। म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिनै २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभाबित बनाउदै आएको छ । मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको सवारी चालक रवीन पुनले बताउनुभयो ।

“साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ,” उहाँले भन्नुभयो, “जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।” यसअघि बर्खायाममा खस्ने फापरखेतमा पछिल्लोपटक शनिबारदेखि निरन्तर सुख्खा पहिरो खसिरहेको छ । पहिरोका कारण दसैँ मनाउन जन्मथलो जानेहरुलाई सास्ती भएको छ ।

जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जा–सातबिसे हँुदै बाबियाचौर जोड्ने वैकल्पिक सडक मर्मत गरेर जिप, मिनिबस, ट्याक्टर, मोटरसाइकल र स्कुुटर चल्न सकने बनाइएको वडा सदस्य हरि गिरीले बताउनुभयो । घुमाउरो र एकतर्फी सडकमा यात्रा गर्न सर्वसाधारणलाई असहज भएको छ । कच्ची र साँघुरो सडकमा यात्रा गर्न जोखिम छ ।

म्याग्दी नदीमा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रशारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरुमा पनि पहिरोका कारण असर परेको छ । सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । यसपाली नयाँ ठाउँमा जमिन चिरा चिरा परेर सुक्खा पहिरो खस्न थालेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ ।

पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी सडक पुल निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले गत आर्थिक वर्षमा बिनियोजन गरेको रु एक करोड बजेट प्राबिधिक समस्या देखिएपछि कार्यान्वयन हुन सकेन्,” उहाँले भन्नुभयो, “यसपालि रु १० करोड लगानीमा पक्की सडक पुल बनाउने लक्ष्यसहित प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको योजना कार्यान्वयनको प्रक्रियामा छ ।”

तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायातव्यवस्था मन्त्रीसमेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्री परिषद् बैठकले तीन वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण कार्यान्वयन भएको छैन । पहिरो नियन्त्रण तत्काल सम्भव नभएको अवस्थामा वैकल्पिक सडक र पहिरोको विकल्पमा यातायात सञ्चालनको डाइभर्सन बनाउनुपर्ने हुनसक्ने जुग्जालीको भनाइ छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले भने चालु आर्थिक वर्षभित्र नै फापरखेतको पहिरो नियन्त्रण गरिने घोषणा गर्नुभएको छ ।

केही दिनअघि म्याग्दीको विपद् प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएका मन्त्री पुनले सरोकारवालासँगको छलफलका क्रममा सङ्घीय सरकारले चालुु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड बजेटबाट एक वर्षभित्र फापरखेत पहिरो नियन्त्रण गर्ने घोषणा दोहो¥याउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र विकासका लागि आवश्यक कानुन छिट्टै निर्माण गर्छौँ : मन्त्री गौतम
२०८३ कार्तिक ३, मंगलबार
ऊर्जा, प्रविधि र रक्षा सहकार्यमा छलफल गर्न अमेरिकी विदेशमन्त्री भारतमा
२०८३ कार्तिक ३, मंगलबार
विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते
२०८३ कार्तिक ३, मंगलबार
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU
२०८३ कार्तिक ३, मंगलबार
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
२०८३ कार्तिक ३, मंगलबार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
२०८३ कार्तिक ३, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३ कार्तिक ३, मंगलबार