कार्तिक ८, २०८३ आइतबार October 25, 2026

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या र छोरामाथि आक्रमण, पछि श्रीमान् मृत फेला

धनुषामा श्रीमतीको हत्या, चार वर्षीय छोरा घाइते; श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको घटनापछि श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति करिब ९ बजे मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुराली पुगेका थिए।

धनुषामा श्रीमतीको ह*त्या, श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला; चार वर्षीय छोरा घाइतेप्रहरीलाई कात्तिक ८ गते बिहान करिब १ः५० बजे उमेशले ३० वर्षीया श्रीमती रिना यादव र उनीहरूसँगै सुतिरहेका चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको सूचना प्राप्त भएको थियो।

सूचनापछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले रिनालाई घाँटीमा धारिलो हतियारले काटिएको चोटसहित मृत अवस्थामा फेला पारेको थियो। बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो।

धनुषामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइतेघाइते बालकलाई तत्काल स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको डीएसपी खनालले जानकारी दिए। घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ।

श्रीमतीको हत्या र छोरामाथि आक्रमण गरेपछि उमेश घटनास्थलबाट फरार भएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो।

प्रहरीले रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। पहिलो घटनास्थलको मुचुल्का सम्पन्न भइसकेको छ भने उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार
Couple found dead in Dhanusha
२०८३ कार्तिक ८, आइतबार
मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्यूयोर्क रेड बुल्स २-० ले विजयी
२०८३ कार्तिक ८, आइतबार
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
२०८३ कार्तिक ८, आइतबार