कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

पत्रकार पक्राउ गर्ने कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : प्रदीप पौडेल

पत्रकारको कलममा हतकडी लगाउने दुस्साहस नगर्न सरकारलाई पौडेलको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सम्प्रेषणकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई गिरफ्तार गर्ने कार्यप्रति घोर आपत्ति जनाउँदै यसलाई सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भनेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्तिको दुरुपयोगबारे खोजीनीति गरेर नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक अधिकार र कर्तव्य भएको उल्लेख गरेका छन्।

प्रकाशित समाचारप्रति आपत्ति वा असहमति भए त्यसको निरूपण गर्ने कानुनी र संवैधानिक बाटाहरू खुला हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर सञ्चारकर्मीलाई तर्साउन खोज्नु विधिको शासनविपरीत भएको उनको भनाइ छ। “प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,” पौडेलले भनेका छन्।

विगतमा पनि मिडियालाई आतंकित पार्ने प्रयास भएको र अहिले पुनः सोही अराजक प्रवृत्ति राज्यसंयन्त्रबाटै दोहोरिनु लज्जास्पद भएको भन्दै उनले सरकारलाई आफ्ना गैरकानुनी र स्वेच्छाचारी कदम तत्काल सच्याउन सचेत गराएका छन्।

पौडेलले पक्राउ परेका पत्रकारहरूको अविलम्ब र ससम्मान रिहाइ, सञ्चारगृहहरूमाथिको हस्तक्षेप तथा निगरानी अन्त्य र प्रचलित कानुनी प्रक्रियामार्फत मात्र सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार