कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा

सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने शैली शाहीकालीन निरंकुशताको झल्को

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति रोक्न सरकारसँग माग गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्ने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको बताएका छन् । विगतमा पनि शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप हुने गरेको स्मरण गराउँदै उनले यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् ।

कांग्रेसले आफू स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा उभिँदै आएको दाबी गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि हुने कुनै पनि प्रकारको स्वेच्छाचारी कदमको विरोध गर्ने जनाएको छ ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएको छ ।

ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मर्मविपरीत भएको कांग्रेसको ठहर छ । विज्ञप्तिमा यस्तो कार्यलाई दमनकारी कदमको संज्ञा दिँदै पार्टीले घटनाको भर्त्सना गरेको छ ।

कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग माग गरेको छ ।

विज्ञप्तिको अन्त्यमा सभापति थापाले जनदबाबपछि रिहाइ गर्नुभन्दा कानुनविपरीत हुने पक्राउ र पत्रकारमाथिको दुर्व्यवहार नै रोक्नुपर्ने बताएका छन् ।

May be an illustration of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार