कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु विधिको शासनको उल्लङ्घन : रास्वपा

कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित पार्ने प्रयासहरू अस्वीकार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ।

खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन्। नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगतको भूमिका सदैव अग्रपङ्क्तिमा रहन्छ। तर, कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थालाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली स्वीकार्य हुन नसक्ने रास्वपाको ठहर छ।

समाचारमा चित्त नबुझे वा उजुरी भएमा राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र कानुनी निकायहरू क्रियाशील रहेको अवस्थामा, स्थापित कानुनी बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको रास्वपाले जनाएको छ।

कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित पार्ने प्रयासहरू अस्वीकार्य रहेको पार्टीले स्पष्ट पारेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, कुनै पनि भय र त्रासका बाबजुद निर्भिकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिताको पक्षमा उभिन आह्वान गर्दै सम्पूर्ण सञ्चार जगतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार