कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत

अरब दलहरूको बाह्य समर्थनमा याशर नेता आइसेनकोटको नेतृत्वमा अल्पमतको सरकार बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम । इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ । नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ ।

द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । गदी आइसेनकोट नेतृत्वको याशरले २१, बी’याचडले १२ र संयुक्त सूचीले ११ सिट जितेका छन् । डेमोक्रेट्स र रामले आठ–आठ तथा अन्य तीन दलले सात–सात सिट प्राप्त गरेका छन् । सास र रिलिजियस जियोनिज्मले छ–छ सिट जितेका छन् । नेतान्याहुविरोधी समूहले ४८ र अरब दलहरूले १९ सिट प्राप्त गरेका छन् । निर्वाचनमा ७७।९ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

अन्तिम आधिकारिक परिणाम नोभेम्बर ४ मा राष्ट्रपति आइज्याक हर्जोगसमक्ष पेस गरिनेछ । उनले सरकार गठनको सम्भावना बढी भएको उम्मेदवार छनोट गर्न दलका प्रतिनिधिसँग परामर्श गर्नेछन् । सरकार गठनमा असफलता भए अर्को नेताले अवसर पाउन सक्नेछ भने निर्धारित समयभित्र प्रक्रिया पूरा नभए पुनः निर्वाचन हुन सक्छ ।

यसैबीच, नेतान्याहु र अर्थमन्त्री बेजलेल स्मोट्रिचबीच चुनावपछि राजनीतिक सहकार्यबारे छलफल भएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले लिकुडको सफलतालाई ठूलो जीत भन्दै नेतान्याहुलाई बधाई दिएका छन् । उनले अर्जेन्टिना र इजरायल पश्चिमी मूल्य–मान्यताको रक्षाका लागि रणनीतिक साझेदार रहने बताएका छन् ।

सरकार गठनका लागि विपक्षी दलहरूबीच पनि समीकरणको खोजी भइरहेको छ । च्यानल १२ न्युजका अनुसार अरब दलहरूको बाह्य समर्थनमा याशर नेता आइसेनकोटको नेतृत्वमा अल्पमतको सरकार बनाउने सम्भावनाप्रति राम पार्टीका नेता मन्सुर अब्बासले शंका व्यक्त गरेका छन् । अरबबहुल दललाई समावेश गर्ने विषयमा डेमोक्रेट्सले मात्रै खुलापन देखाएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

लिकुडसहितको राष्ट्रिय एकता सरकार बनेमा आइसेनकोट, टुगेदर आन्दोलनका नेता नफ्ताली बेनेट र इजरायल बेटेनुका नेता अभिग्डोर लिबर्मनको सहभागितामा सैद्धान्तिक रूपमा ६६ सिटको समर्थन जुट्न सक्छ । तर नेतान्याहुलाई सत्ताबाट हटाउने विपक्षीको प्रतिबद्धता र उनको अति दक्षिणपन्थी तथा अति रूढिवादी सहयोगीहरूमाथिको निर्भरताका कारण यस्तो समीकरण तत्काल सम्भव देखिएको छैन । अल्पमतको सरकार गठनको प्रयासमा भने अरब दलहरूको समर्थन निर्णायक हुन सक्छ ।

यसैबीच, चुनावमा विदेशी हस्तक्षेप भएको आशङ्काबारे पनि अनुसन्धानको माग गरिएको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष नोम सोलबर्गले अरब क्षेत्रको मतदान प्रभावित पार्ने प्रयास भएको आशङ्काको अनुसन्धान गर्न शिन बेटका प्रमुख डेभिड जिनीलाई अनुरोध गरेका छन् । यद्यपि, निर्वाचन समितिले मतपत्रको विश्वसनीयतामा व्यवस्थित हस्तक्षेप भएको दाबी पुष्टि गर्ने ठोस प्रमाण नभएको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार