असार २६, २०८२ बिहिबार July 10, 2025

स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई ११.८४ % लाभांश दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट ११ दशमलव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको गत बिहीवार बसेको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र  ४ दशमलव ८४ प्रतिशत  कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र  कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउने छन् । गत वर्ष कम्पनीले २२ दशमलव ५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया