कार्तिक १५, २०८३ आइतबार November 1, 2026

सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने, पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने तयारी

सम्बोधनअघि सभापति थापाले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलोपटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा पार्टीका आन्तरिक विषयमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार सभापति थापाले आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सम्बोधनअघि उनले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने जनाइएको छ।

१५औँ महाधिवेशन सम्पन्न भएपछि पार्टीको सांगठनिक अवस्था, नयाँ केन्द्रीय कार्यसमितिको प्राथमिकता र तत्कालीन कार्ययोजनाबारे सभापति थापाले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी, मुलुकको वर्तमान आर्थिक तथा राजनीतिक परिस्थिति र त्यसमा नेपाली कांग्रेसको भूमिकाबारे पनि उनले आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने बुझिएको छ।

नयाँ नेतृत्व चयनसँगै पार्टीलाई थप व्यवस्थित र सक्रिय बनाउने चुनौतीबीच हुन लागेको सभापति थापाको यो पहिलो औपचारिक सम्बोधनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। सम्बोधनबाट पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र समसामयिक राष्ट्रिय मुद्दामा कांग्रेसको धारणा स्पष्ट हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
२०८३ कार्तिक १५, आइतबार
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
२०८३ कार्तिक १५, आइतबार
आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १५, आइतबार
प्रेसमाथि आक्रमण : सत्ताको दम्भ – तीर्थराज भट्टराई
२०८३ कार्तिक १५, आइतबार
अनसन बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
२०८३ कार्तिक १५, आइतबार
सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने, पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने तयारी
२०८३ कार्तिक १५, आइतबार
एनपिएलमा आज जनकपुर-पोखरा भिड्दै, खेल साँझ ५ बजे सुरु हुने
२०८३ कार्तिक १५, आइतबार