कार्तिक १८, २०८३ बुधबार November 4, 2026

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

सोह्र वर्षमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न नदिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, १८ कात्तिकः फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ ।

कार्यालयले मङ्गलबार विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । लाइफ ज्याकेट विना ती गतिविधिमा भाग लिनबाट पूर्ण रूपमा रोक लगाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीले सेवाग्राही के–कस्तो अवस्थामा जलपर्यटसँगसम्बन्धी गतिविधिमा भाग लिएका छन् भनेर नियमित निगरानी गर्नुपर्ने छ । सोह्र वर्षमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न नदिन आग्रह गरिएको छ । त्यस्तै तोकिएको स्थानमा मात्र कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न अनुरोध गरिएको छ ।

पूर्वस्वीकृति लिएकोभन्दा बढी संख्यामा कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न भनिएको छ । पर्यावरणीय स्वच्छता र सुन्दरतामा आँच नआउने गरी जलपर्यटन गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यीलगायत विभिन्न १५ वटा बुँदामा डुङ्गा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।

हावाहुरी, वर्षा र चट्याङ परेका बेला डुङ्गा, कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न विज्ञप्तिमार्फत सचेत गराइएको छ । सूचनाको अवज्ञा गरी त्यस्ता गतिविधि सञ्चालन गर्दा सावधानी अपनाएको नपाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
२०८३ कार्तिक १८, बुधबार
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
२०८३ कार्तिक १८, बुधबार