कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्ने समयसीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, १९ कात्तिकः गत भदौ १० गतेको रसुवा-भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेपलाञ्चोकका ३५ नागरिकको आधिकारिक विवरण स्वीकृत गरिएको छ ।

काभ्रेपलाञ्चोक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लास्थित स्थानीय तहबाट सिफारिस भई आएका विवरणलाई विपद् ऐनअन्तर्गत अन्तिम रूप दिएको हो ।

प्रक्रिया स्वीकृत गरिएका ३५ जना बेपत्ता नागरिकको विवरण रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकीन गर्ने प्रक्रिया बमोजिमको प्रक्रिया पूरागरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोटेकोशी बाढीमा परी मृत्यु तथा बेपत्ता भएका जिल्लाका नागरिकको परिवारलाई सम्बन्धित स्थानीय तहले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम यथाशीघ्र राहत उपलब्ध गराई जिल्ला प्रशासन कार्यालयमा सोधभर्ना माग गर्ने निर्णयसमेत गरिएको छ ।

भोटेकोशी बाढीबाहेक अन्य विपद्जन्य घटनामा परी बेपत्ता भएका तर मृत्युदर्ता हुन बाँकी रहेकाको हकमा वडा कार्यालयमार्फत निवेदन सङ्कलन गरी कार्यपालिकाको निर्णयसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लास्थित १३ स्थानीय तहले ‘रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकीन गर्ने प्रक्रिया, २०८३’ अनुसार वडामार्फत वेपत्ता नागरिकको आधिकारिक विवरण माग गरी स्मितिमा पठाएका हुन् । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकीन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा यही कात्तिक १८ गतेसम्म तोकेको थियो ।

यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकीन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने बताइन्छ । नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाइएको हो ।

त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्ने समयसीमा तोकिएको थियो ।

विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था यकीन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गरिएको प्रजिअ अधिकारीको भनाइ छ ।

काभ्रेपलाञ्चोक प्रशासनको गत असोज २७ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । कार्यालयका अनुसार बाढीमा परी चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
२०८३ कार्तिक १९, बिहिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल
२०८३ कार्तिक १९, बिहिबार
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
२०८३ कार्तिक १९, बिहिबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
२०८३ कार्तिक १९, बिहिबार
जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल
२०८३ कार्तिक १९, बिहिबार
चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
२०८३ कार्तिक १९, बिहिबार
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
२०८३ कार्तिक १९, बिहिबार