काठमाण्डौंः चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो २ महिनाको अवधीमा सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता आएको छ ।
दुई महिनामा ७७ अर्ब ७२ करोड रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । यस्तै ६ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
दुई महिनामा वैदेशिक अनुदान र ऋण गरेर ८४ अर्ब ७ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । यो अघिल्लो वर्षको दुई महिनाको तुलनामा ५ सय ८१ प्रतिशतले धेरै हो ।
कुल प्रतिबद्धता मध्ये ऋणको हिस्सा ९२ दशमलव ४ प्रतिशत रहेको छ भने अनुदानको हिस्सा ७ दशमलव ६ प्रतिशत रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया