काठमाडौँ, २२ कात्तिक: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया