कार्तिक २३, २०८३ सोमबार November 9, 2026

बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने

बिहान ११:०० बजेदेखि चार घण्टा खुला हुँदै अदालत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाजुरा । तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ ।

जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो ।

अदालतका अनुसार उक्त अवधिमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया