कार्तिक २३, २०८३ सोमबार November 9, 2026

स्पेनिस ला लिगा : एट्लेटिकोलाई २–१ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा कायमै

पछाडि परेको बार्सिलोनाले एट्लेटिकोविरुद्ध निकाल्यो पुनरागमन जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि फर्मीन लोपेजले दुई तथा एट्लेटिकोका लागि जुलियानो सिमओिनीले एक गोल गरेका थिए ।

खेलको दशौँ मिनेटमा एट्लेटिकोका जुलियानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा बार्सिलोनाका लोपेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ६६औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गरेसँगै बार्सिलोना २–१ गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको एट्लेटिको मड्रिड २८ अंकसहित तेस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया