काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनी लायन्सले काठमाडौँ गुर्खाजविरुद्ध टस जितेको छ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ (फिल्डिङ) गर्ने निर्णय गर्दै काठमाडौँ गुर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन्।
अघिल्लो सिजनको च्याम्पियन टोली लुम्बिनी लायन्स जारी प्रतियोगितामा अहिलेसम्म एक मात्र अपराजित टोलीका रूपमा रहेको छ। टोलीले आफ्नो उत्कृष्ट यात्रालाई जारी राख्ने लक्ष्य बनाएको छ भने काठमाडौँ गुर्खाज लुम्बिनीलाई हराउँदै बलियो प्रस्तुति दिने ध्येयका साथ मैदान प्रवेश गर्दैछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया