कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा

माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिन देउसीभैलो कार्यक्रम आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हुम्ला, २७ कात्तिकः हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु दुई लाख १७ हजार ५७५ माध्यमिक तहका कक्षा सञ्चालनमा खर्च गर्ने भएको छ ।

विद्यालयको शैक्षिक विकास तथा माध्यमिक तहका कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रका स्थानीयवासी तथा सहयोगदाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले राससलाई बताउनुभयो । उक्त रकम माध्यमिक तहका कक्षा सञ्चालन तथा शिक्षक व्यवस्थापनमा खर्च गरिनेछ । विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तह सञ्चालनका लागि उहाँले थप सहयोग गर्न जिल्लाका सबैमा आग्रह गर्नुभएको छ ।

अभिभावकको मागअनुसार विद्यालयले गत फागुनदेखि कक्षा ९ र १० सञ्चालन गर्दै आएको अध्यक्ष शाहीले बताउनुभयो । माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिन देउसीभैलो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया