कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर र मेस एपी अफर पुस ३० सम्म कायम

४ हजार ९९९ रुपैयाँमा वार्षिक ३० एमबीपीएस एनटी फाइबर, अफरको अवधि थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी (Mesh AP) अफरको अवधि थप गरेको छ।

कम्पनीले २०८३ असोज ८ गतेदेखि सुरु गरेको मेस एपी तथा असोज ३० गतेदेखि वितरण सुरु गरेको ३० एमबीपीएस एनटी फाइबर प्याकेजप्रति देखिएको उच्च ग्राहक मागलाई मध्यनजर गर्दै दुवै अफरको अवधि आगामी २०८३ पुस ३० गतेसम्मका लागि बढाउने निर्णय गरेको हो।

हाल निकै चर्चामा रहेको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक रूपमा जम्मा ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइएको छ। त्यसैगरी, घरका सबै कुना र स्थानहरूमा तीव्र गतिको वाइफाइ सिग्नल उपलब्ध गराउन उपयोगी मानिने मेस एपी ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा नै प्राप्त गर्न सकिनेछ।

दसैँ-तिहार अफरको रूपमा सञ्चालित वाइफाइ सिक्स इन्डिभिजुअल प्याकेजअन्तर्गत नयाँ जडान गर्ने ग्राहकहरूलाई ३ हजार रुपैयाँ छुट दिइने सुविधा २०८३ कात्तिक ३० गतेसम्म कायम थियो। सो अवधिभित्र डिमान्ड पोर्टलमार्फत नयाँ जडानका लागि आवेदन दर्ता गराएका ग्राहकहरूले उक्त छुट सुविधा प्राप्त गरेका छन्।

यसका लागि १९८ मा फोन गरेर, नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर वा कम्पनीको आधिकारिक लिङ्कमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो। अफरसम्बन्धी थप विस्तृत जानकारीका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत समेत बुझ्न सकिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया