काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन् ।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
यसअघि उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । सुनुवाइ समितिबाट स्वीकृत भएपछि न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया