काठमाण्डौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–भारतबिच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको छ ।
भारतीय राजदूत दलेलाले नेपाल सरकारका पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट गरी पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका हुन् ।
भेटका क्रममा दुवै पक्षले बहुआयामिक नेपाल–भारत साझेदारीलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार भेटवार्तामा पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ गहिरो बनाउने विषयलाई प्राथमिकता दिइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया