कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारी कर्मचारीले छठको मुख्य दिनपछि व्रत समापनका दिनसमेत बिदा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ ।नेपाल सरकारले छठ पर्वको अवसरमा यही कात्तिक ३० गते सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी सूचनाअनुसार कात्तिक २९ गते आइतबार छठ पर्वको मुख्य दिनका लागि यसअघि नै सार्वजनिक बिदा दिइएकोमा व्रत समापनको दिन अर्थात् कात्तिक ३० गते सोमबारसमेत बिदा दिइएको हो।

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समापन गर्ने परम्परा रहेकाले भोलिपल्टसमेत सार्वजनिक बिदा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ। यो निर्णयसँगै छठ पर्वका अवसरमा देशभर आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार
ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री शाहको रास्वपा सांसदलाई निर्देशन
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर र मेस एपी अफर पुस ३० सम्म कायम
२०८३ कार्तिक २७, शुक्रबार