काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार तीन सय रुपैयाँले घटेर २ लाख ६० हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर आज ३ हजार ३८० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ४९० सय रुपैयाँमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया