मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

डिजिटल बैंकिङमा नेपालीको पहुँच विस्तार, एक वर्षमै २३ लाखभन्दा बढी प्रयोगकर्ता थपिए

वालेट प्रयोगकर्ताको संख्या पनि बढेर २ करोड ८४ लाख १८ हजार ७५३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालमा डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग निरन्तर विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको असोज महिनासम्मकाे तथ्यांकअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट र कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या उल्लेख्यरूपमा बढेकाे हाे ।

राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड ७ लाख ६९ हजार ४४४ पुगेको छ । गत वर्षको असोज मसान्तमा यस्तो संख्या २ करोड ८४ लाख १८ हजार ८९१ रहेको थियो । एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता २३ लाख ५० हजार ५५३ ले बढेका छन् ।

त्यस्तै, वालेट प्रयोगकर्ताको संख्या पनि बढेर २ करोड ८४ लाख १८ हजार ७५३ पुगेको छ । गत वर्षकाे असोजमा वालेट प्रयोगकर्ताको संख्या २ करोड ६४ लाख ८८ हजार ६७१ रहेको थियो । यस अवधिमा १९ लाख ३० हजार ८२ जना नयाँ प्रयोगकर्ता थपिएका छन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । असोजमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २६ लाख ६ हजार ८५० पुगेको छ । अघिल्लो वर्षको असोजमा यस्तो संख्या २३ लाख २ हजार ६५ रहेको थियो ।

यसैगरी, कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या १६ लाख २९ हजार ५९९ पुगेको छ । अघिल्लो वर्षको असोजमा यस्तो संख्या १४ लाख ८१ हजार ३८८ थियो ।

क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या एक वर्षमा ३ लाख २२ हजार ९४१ बाट बढेर ३ लाख ४३ हजार ८०७ पुगेको छ । प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या पनि २ लाख ६१ हजार ८५० बाट बढेर २ लाख ९५ हजार २६२ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यद्यपि, डेबिट कार्ड प्रयोगकर्ताको संख्या भने अघिल्लो वर्षको असोजको तुलनामा सामान्य घटेको छ । गत वर्षकाे असोजमा १ करोड ३८ लाख १० हजार १८७ रहेको डेबिट कार्डको संख्या याे असोज मसान्तसम्म १ करोड ३७ लाख ६८ हजार ९८२ कायम भएको छ ।

भुक्तानी प्रणालीका पूर्वाधारतर्फ एटीएम मेसिनको संख्या पनि सामान्य घटेको छ । गत वर्षकाे असोजमा ५ हजार २८२ रहेको एटीएम संख्या असोजमा ५ हजार ९७ पुगेको छ । शाखारहित बैंकिङ केन्द्रको संख्या पनि ८०६ बाट घटेर ६२२ पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार भुक्तानी सेवा प्रदायकको संख्या १९ र भुक्तानी प्रणाली सञ्चालकको संख्या ८ रहेको छ । पीएसपी एजेन्टको संख्या भने ३ लाख ३० हजार ३७० पुगेको छ ।

त्यस्तै, आरटीजीएसमा सहभागी संस्थाको संख्या ४६ पुगेको छ भने ईसीसी सदस्यको संख्या ५३ र आईपीएस सदस्यको संख्या १७६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्
२०८३ मंग्सिर ९, बुधबार
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
२०८३ मंग्सिर ९, बुधबार
आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार
डिजिटल बैंकिङमा नेपालीको पहुँच विस्तार, एक वर्षमै २३ लाखभन्दा बढी प्रयोगकर्ता थपिए
२०८३ मंग्सिर ९, बुधबार
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
२०८३ मंग्सिर ९, बुधबार
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
२०८३ मंग्सिर ९, बुधबार
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या
२०८३ मंग्सिर ९, बुधबार